You are viewing the translated version of सम्पत्ति वा दायित्वको थमौती (रिटेन्सन) सहितको निसर्ग.

Section 41
सम्पत्ति वा दायित्वको थमौती (रिटेन्सन) सहितको निसर्ग
कुनै व्यक्तिले दफा ४० को उपदफा (३) को खण्ड (ग), (घ) (ङ) र च)मा उल्लिखित कुनै पनि तरिकाले कुनै सम्पत्ति वा दायित्व निसर्ग गरेमा देहाय बमोजिम हुनेछ:-

(क) सम्पत्तिको सम्बन्धमा,-

(१) सो व्यक्तिलाई निसर्ग बापत निसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम प्राप्त भएको मानिनेछ, र

(२) त्यस्तो सम्पत्ति पुनः निःसर्ग हुँदा यो दफा बमोजिम निःसर्ग भएको बखतसम्म त्यस्तो सम्पत्ति बापत गरिएका खुद खर्चहरू (नेट आउट गोङङ्ग) प्राप्ति रकम बराबरको रकम भए सरह मानिनेछ ।

(ख) दायित्वको सम्बन्धमा,-

(१) सो व्यक्तिलाई निसर्गको समयमा सो दायित्वको बजार मूल्य बराबरको रकम सो निसर्ग बापत खर्च गरेको मानिनेछ, र

(२) त्यस्तो दायित्व पुनः निःसर्ग हुँदा यो दफा बमोजिम निःसर्ग भएको समयसम्म उपखण्ड (१) बमोजिम दायित्व बापत गरिएका खूद आम्दानीहरू खर्च रकम बराबरको भए सरह मानिनेछ ।